समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निणर्य

हल्दिबारी, २८ भदाै । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार सरकारले निणर्य गरेको बताएका हुन् ।

Advertisement

यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यसैगरी, हिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने
वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले बताए ।

साथै बैठकले पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिगमा उपल्ध गरााउन स्वीकृती दिने निर्णय समेत भएको कार्कीले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article