हल्दिवारी ,२९ भदौ ।हल्दिवारी गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडा अध्यक्ष राजेन्द्र योङहाङ्को उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छ्न ।
अकस्मात बिरामी भएपछि उपचारको लागि भरतपुर क्यान्सर अस्पताल पुगेका योङ्हाङको गएराती १०: ४५ मा निधन भएको अस्पतालले पुस्टि गरेको छ ।
उनको पार्थिक शरीरलाई आज दिनको ३:३० बजे स्थानीय पाराखोपि पुर्व देउनिया घाटमा अन्त्येष्टि गरीने जानकारी प्राप्त भएको छ ।
नेकपा माओवादी केन्द्रका हल्दिवारी इन्चार्ज समेत रहेका योङ्हाङ्लाई १५ दिन अगाडि ब्लड क्यान्सर भएको पुस्टि भएको थियोे । उनका श्रीमती र दुई छोरीहरु रहेका छ्न ।