समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कांग्रेस ८६, माओवादी ५३ र समाजवादीले १७ सिट पाउने

काठमाडौँ। सत्ता गठबन्धनले संघतर्फ सीटको भागबण्डा टुङ्गो लगाएको छ ।

Advertisement

जसमा कांग्रेसले ८६, माओवादीले ५३, एकीकृत समाजवादीले १७, जसपाले १२ र जनमोर्चाले २ सिट पाउने भएको हो। काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर ३, कञ्चनपुर २, डडेलधुरा, दार्चुला, कैलाली १, ४, ५, अछाम २, बाजुरा, सुर्खेत १ र २, दैलेख २, मुगु, नवलपरासी पश्चिम २, बर्दिया १ रहेको छ। दैलेख १ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

Advertisement

यसैगरी चितवन १ र २, गोरखा १, मनाङ, कास्की १, तनहुँ १ र २, स्याङ्जा १ र २, नवलपरासी पूर्व १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, अर्घाखाँची, रुपन्देही ३, ४ र ५, कपिलबस्तु २, ३, दाङ ३ र बाँके ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ। यसैगरी पाँचथर, इलाम २, झापा १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी २, ३ र ४, ओखलढुंगा, उदयपुर १, सप्तरी ३, ४, सिरहा १, २ धनुषा २, ३ र ४ महोत्तरी २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ।

यस्तै सर्लाही ४, बारा १, पर्सा ३ र ४, सिन्धुली १, रसुवा, धादिङ २, नुवाकोट २, काठमाडौं १, १०, ३, ४, ५,६, भक्तपुर १ र २, ललितपुर १, काभ्रे २ सिन्धुपाल्चोक २ र मकवानपुर १ कांग्रेसले लिने बताइएको छ। जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा ४ मा जसपा, महोत्तरी ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।

त्यस्तै माओवादीले जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ।

बाबुराम भट्टराई नेतृत्वको नेसपासहित जोडेर माओवादीले ५३ सिट पाउने करिब सहमति जुटेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।

एकीकृत समाजवादी पार्टीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो। तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन्।

राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ। यस्तै जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक र सप्तरी २ पाउने सहमति भएको छ। जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन। यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article