झापा, असोज १३ । सत्ता गठबन्धन दलहरूले प्रतिनिधिसभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्।सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित छ। कांग्रेसले ८५ सिट लिएको छ।

राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। कार्यदलका एक सदस्यले दिएको सूची अनुसार अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशको धादिङ-१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निणर्य हुन बाँकी छ।

माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ। प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ।

यी हुन् कांग्रेसले लिने सिट

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ। जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम-२, झापा-१, झापा-३, झापा-४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी-२, ३ र ४, ओखलढुंगा,, उदयपुर-१ लिनेगरी सहमति भएको छ।मधेश प्रदेशमा कांग्रेसले सप्तरी-३, सप्तरी-४, सिराहा-१ र २, धनुषा २, ३ र ४, महोत्तरी-२ र ३, सर्लाही-४, बारा-१, पर्सा-३ र ४ लिने भएको छ।
त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप-१, सिन्धुली-१, रसुवा, धादिङ-२, काठमाडौं-१, ३, ४, ५, ६, १०, भक्तपुर- १ र २, ललितपुर-१, काभ्रे-१, सिन्धुपाल्चोक-२, मकवानपुर-१, चितवन-१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-१, मनाङ, कास्की, तनहुँ-१ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व-१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ। लुम्बिनी प्रदेशमा गुल्मी-१, पाल्पा-१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया-१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख-१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर-२ र ३ लिने भएको छ।

माओवादी
सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा-२, झापा-५, भोजपुर, मोरङ-४, मोरङ-५, सोलुखुम्बु, खोटाङ, उदयपुर-२ लिने भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ। प्रदेश २ मा सिराह-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-२, सर्लाही-३ लिने भएको छ। सर्लाही-२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप-१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली-२, नुवाकोट-१, धादिङ-१, काठमाडौं-२, काठमाडौं-९, काभ्रे-१, सिन्धुपाल्चोक-१ र चितवन-३ माओवादीले लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा-२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ-२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही-१, कपीलवस्तु-१, रुकुम पूर्व, रोल्पा, दाङ-२, बाँके-१, बर्दिया-२, नवलपरासी पश्चिम-१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम-१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ। झापाबाट माओवादी नेतृ धर्मशिला चापागाईं र युवा नेता रन्जित तामाङले २ र ५ मा टिकक पाउने भएका छ्न ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम-१, कैलाली-२, कैलाली-३, बैतडी, कंचनपुर-१ लिने भएको छ।
एकीकृत समाजवादी
एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम-१, रौतहट-१, बारा-४, धादिङ-१, काठमाडौं-८, ललितपुर-२, मकवानपुर-२, कास्की-२, गुल्मी-४, पाल्पा-२, रुपन्देही-२, दाङ-१, डोल्पा, दैलेख-१, अछाम-१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।
डोल्पा र अछाम-१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपा
जसपाले १६ सिट लिनेगरी सहमति भए अनुसार सुनसरी-१, सप्तरी-१, सिराह-४, धनुषा-३, महोत्तरी-३ र ४, सर्लाही-१, रौतहट-३, बारा-३, पर्सा-१ र २, काठमाडौं-७, बाँके-२, रुपन्देही-१ र सप्तरी-२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा-३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चा -बागलुङ-१ र प्युठान लिने भएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार