समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेन : अध्यक्ष ओली

राजविराज-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । एमाले निकट युवासङ्घले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाउनुभयो ।

Advertisement

उहाँले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाउनुभयो । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै अध्यक्ष ओलीले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताउनुभयो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article