हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विपद्का कारण ४८ को मृत्यु, २७ बेपत्ता

मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय ३९ वटा प्राकृतिक विपद्का घटनबाट ४८ जनाको ज्यान गएको हो ।

Advertisement

यो अवधिमा जुम्ला र मुगुमा आठरआठ जनाको ज्यान गएको छ भने प्युठानमा ६ जनाको ज्यान गएको छ । यसैगरी हुम्ला र कालिकोटमा चाररचार जना तथा काठमाडौंमा तीन जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Advertisement

यसैगरी, सो अवधिमा मकवानपुर, लमजुङ, डोल्पा, जाजरकोटमा दुई÷दुई जना झापा, सर्लाही, धादिङ, गुल्मी, बाँके, सल्यान र बाजुरामा एक जनाको ज्यान गएको तथ्यांक छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)