हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ठुलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुल्यो (सुचनासहित)

लोकसेवा आयोगले ठुलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ । नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्धितिय श्रेणी (उपसचिव) गरी ४३३ कर्मचारीका लागि भर्ना खुल्ला गरिएको हो । आज आयोगले एक विज्ञप्ती जारी गर्दै प्रथम श्रेणीका लागि ११२ र द्धितिय श्रेणी ३२१ गरी उक्त विज्ञापन खुलाएको हो ।

Advertisement

इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१, उपसचिव पदमा ४९, कृषि सेवातर्फ २ सहसचिव, १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव, ११ उपसचिव, लेखातर्फ सहसचिव ५, उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६, उपसचिवमा ६ लगायत पदमा विज्ञापन खुलाइएको छ । दरखास्त फारम बुझाउने म्याद ०७९ कात्तिक २९ गतेसम्म रहेको आयोगले जनाएको छ ।

Advertisement

https://drive.google.com/file/d/1ks4Qh81vmL2k0Na-dMq2CCtyDJrQXw8f/view

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)