हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पब्जी खेल्ने साथीलाई भारतकाे राजस्थान भेट्न जान लागेका भद्रपुरका दुई बालकको उद्धार

झापा । पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेका झापा भद्रपुरका दुई बालकलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।
भद्रपुर नगरपालिका– १० काफ्ले टोल निवासी– १३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्रयास दाहाल घरमा कसैलाई केही जानकारी नगराई एकाएक बेपत्ता भएका थिए ।
उनीहरू सोमबार दिउँसो २ बजे भद्रपुर–गलगलिया सीमा नाका हुँदै भारत गएका थिए । पश्चिम बंगलाको उत्तर दिनाजपुरस्थित इटाहार प्रहरीले मंगलबार उनीहरूलाई उद्धार गरी सुधार गृह चाइल्ड लाइनलाई जिम्मा लगाएका छन् ।
घटना अनुसार बालकहरू सौगात र प्रयास गलगलिया रेलवे स्टेसन पुगेर सिलीगुड़ीतर्फ जाने राधिका पुर रेलमा चढे । उनीहरू भारत गएको घरमा कसैले थाहा नै पाएन ।
अबेर रातीसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले उनीहरूको खोजी सुरु गरे । उनीहरूको तस्बिर सामाजिक सञ्जालमा हालेर भाइरल नै बनाए । परिवारजनले बालक हराएको भन्दै भद्रपुर र गलगलिया प्रहरीलाई समेत जानकारी गराए ।
मंगलबार बिहान इटाहारको सडकमा दुई बालक घुमिरहेको भारतीय प्रहरीले देखेपछि उनीहरूलाई उद्धार गरी प्रहरी कार्यालय लगेका थिए । त्यसपछि भारतीय प्रहरीले दुवै बालकलाई जिल्लाको चाइल्ड लाइनलाई जिम्मा लगाए ।
भारतमा बालक भेटिएको सूचना पाएपछि दुवै बालकका अभिभावक उनीहरूलाई लिन इटाहार गएका छन् ।
‘दुवै भतिज पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जान लागेकोपछि थाहा भयो,’ उनका काका धनबहादुर काफ्लेले भने, ‘घरलाई कसैलाई नभनी उनीहरू गएका रहेछन्, भतिजहरू फेला परे पनि भारतीय पक्षले अभिभावकलाई जिम्मा लगाउन आलटाल गरिरहेको छ ।’ भतिजहरूलाई नेपाल ल्याइदिन सम्बन्धित पक्षले पहल गरिदिनु पर्ने उनको भनाई छ ।  TOP

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)