हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, १ कात्तिकमा मुद्दा दर्ता हुने

काठमाडौं, २७ असोज:

Advertisement

बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

Advertisement

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)