समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, २८ असोज – काठमाडौं र ललितपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौंको काठमाडौं महनगरपालिका–३१ भिमसेनगोलास्थित भत्केको पुल मुनि काभ्रे घर भएका ३८ वर्षीय शुभास खड्का बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्को डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिल कुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

यसैगरी ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बागमती खोलाको बिचमा हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article