समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ट्याक्सीको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर दिँदा नुवाकोट घर भई हाल काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।

Advertisement

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि थिमी कोरियन अस्पताल पठाइ थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए । प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खालीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article