हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कनकाई ४ निर्माणधिन रङ्गशालमा फुटबल, ४ नम्बर बिजयी

कनकाई नगरपालिका वार्ड नम्बर ४ को आर्थिक सहयोग तथा बुद्ध स्पोटिङ्ग क्लव सुरुङ्गाको आयोजनामा आजबाट कनकाई नगरको प्रस्ताविक रङ्गशालामा वार्ड स्तरीय फुटबल प्रतियोगिता सुरु गरिएको छ ।

Advertisement

आज भएको उदघाटन खेलमा कनकाई ४ ले वार्डनम्बर १ को चुनौती २—१ गोलले पन्सायो । ४ नम्बर वार्डका लागि संन्दिप रसाईली र अनिस दियालीले समान १—१ गोल गरे । वार्ड नम्बर १ का लागि एक शान्तना गोल विवेक मगरले फर्काए । खेलको म्यान अफ द म्याच बिजयी टिमका गोलकर्ता सन्दिप रसाईली बने । उनलाई कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले पुरस्कृत गरे ।

Advertisement

कार्तिक ५ गतेसम्म हुने प्रतियोगिताको उदघाटन पुर्व कृषि मन्त्री तथा निर्वतमान प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदीले गर्नुभयो । अतिथि सबैले पुरै समय खेल समेत अवलोकन गर्नुभएको थियो ।

उदघाटनमा बोल्दै प्रमुख अतिथि थापाले आफ्नो पहलमा यस प्रस्तावित कनकाई रङ्गशालालाई आधा करोड भन्दा वढी रकम विनियोजन गरिदिएर काम समेत सम्पन्न भएको भन्दै चाडै राष्ट्रिय स्तरीय खेल प्रतियोगिताका लागि यस खेलमैदानले बजेट पाउने बताउँनुभयो । नगरप्रमुख पोखरेलले कनकाई नगरपालिकामा चाडै पुरुष खेलाडीहरुको पनि राम्रो फुटवल टिम तयार गर्न लागेको जानकारी दिनुभयो । खेलले स्वास्थ्य रहन र देशको नाम राख्न र खेलाडीले खेलेरै पनि राम्रो नाम र दाम कमाउन सक्ने भन्दै नगरपालिका यसको वातावरणका लागि सदैव तत्पर रहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिनाले कनकाईलाई खेलकै हव बनाउन आफुहरु लागिपरेको बताउँनुभयो ।


कनकाई नगरपालिका ४ का वडाअध्यक्ष कनकाई नगरलाई खेल क्षेत्रबाटै देशसामु चिनाउन सबैजना मिलेर काम गर्न सकिने बताउँनुभयो । कार्यक्रमको स्वागत कनकाई ४ का वडासदस्य मोहन संग्रौलाले गर्नुभएको थियो भने सभापतित्व बुद्ध स्पोटिङ्ग क्लवका तुलाराम विकको रहेको थियो । भोली प्रतियोगितमा २ खेल हुने आयोजक समितिले जनाएको छ । जसमा पहिलो खेल वार्ड नम्बर ६ र ९ र दोस्रो खेल वार्डनम्बर ५ र ८ विच हुने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)