आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा झापा क्षेत्र न.३ का मतदाताकाे रुपमा रहनु भएका आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरुमा अभिवादन सहित, मेरो तर्फबाट २५ बुदे प्रतिबद्धता प्रस्तुत गरेको छु ।यसलाई अध्यन गर्दै, सबैले यश पटक सुर्य मुखिफुलमा मतदान गर्नुहुन अनुरोध गर्दछु ।।।
१.बन्द भएको माेमेन्ट ग्रामेन्ड संचालनका लागि सहजीकरण गर्न ।
२.मेची प्रादेशिक अस्पताल सुविधा सम्पन्न बनाउदै, मेडिकल कलेज बनाउन पहल गर्न ।
३.मेची बहुमुखी क्याम्पस लाइ समय सान्दर्भिक तरिकाले सबै बिषयकाे अध्यन गर्ने ब्यबस्था मिलाउने ।
४.मेची रङ्गशालालाइ सुविधा सम्पन्न बनाउदै स्तरउन्नती गर्दै,कचनकवलकाे बनियानीमा समेत सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्न ।
५.निर्माणकार्यमा रहेको जिपि भवनकाे अधुरो काम सम्पन्न गर्दै,संचालनमा ल्याउन ।
६.भद्रपुर भन्सार स्तरउन्नती गर्दै नेपालको महत्वपूर्ण भन्सारको रुपमा विकास गरी संचालन गर्दै , पाठामारी र केचनाबाट पनि भन्सार खुलाउने ब्यबस्था मिलाउने,र हजारौं युवाहरूलाई राेजगार संग जाेड्ने ।
७.भद्रपुर नगरपालिकालाई झापा क्षेत्र न.३ काे नमुना,सुबिधा सम्पन्न एसिया काे नमुना शहर बनाउन ।
८. कचनकवल,हल्दिबारी र बाह्रादशी पालिकालाइ कृषिजाेनकाे रुपमा विकास गर्न ।
९.जलथल जङ्गललाई खुल्ला चिडियाखाना ,किच्कबधलाई धार्मिक पार्क र नेपालकाे हाेचाे केचनालाई पर्यटन क्षेत्रकाे रुपमा विकास गर्ने र भेलागडी लाई पिक्निक स्पाेर्टकाे रुपमा विकास गर्दै ,हजारौं स्थानीय युवाहरुलाइ राेजगार संग जाेड्न ।
१०.सबै सामुदायिक बिधालयमा व्यवहारिक समसामयिक, नैतिक र जीविकोपार्जन अनुकूल शिक्षाको विकास गर्न र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न
११.सबै राष्टसेवकका छाेराछाेरीलाइ अनिवार्य रुपमा सरकारी विधालयमा नै पढ्ने ब्यबस्था मिलाउन ।
१२..सबै वार्डहरुमा फार्मेसी, ल्याब सहितकाे सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निमार्ण गर्दै,एम्बुलेन्स सेवा समेतकाे ब्यबस्थापन गर्न ।
१३.यातायात व्यवसायीसँगकाे सहकार्यमा हरेक गाउँ हरेक टाेलमा सार्वजनिक यातायातलाई पुर्याउन ।
१४.स्थानीय उत्पादनलाई सहकारीमार्फत खरिद गरि व्यवसायीकरणका माध्यमबाट कृषकलाई उचित मुल्य प्रदान गर्न ।
१५.चिया मजदुरहरुकाे असमान दैनिक ज्यालालाइ अरु मजदुर बराबरकाे ज्यालाकाे व्यवस्था गर्दै चियाको अन्तर्राष्ट्रिय बजार सम्म पहुँच पुर्याउन ।
१६. सबै वार्ड कार्यलय,बाट पालिकाकाे केन्द्र हुदै सदरमुकाम सम्म कालोपत्रे सडक,खानेपानी,बिधुत लगायत,नागरिकको दैनिकी जीवन संग सम्बन्ध राख्ने बिषयलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्न ।
१७ . नेपाल भारत खुल्ला सिमानालाई ब्यबस्थित गर्न ।
१८. स्थानिय खाेला,नालालाइ उत्पादमा सँग जाेड्दै, तड्बन्धन गर्ने र कृषि सिचाइकाे ब्यबस्थापन गर्न ।
१९. श्रमिकहरुकाे हकमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनाेरन्जनकाे ब्यबस्थापन गर्न ।
२०, नेपाली नागरिकलाई शिक्षा,स्वास्थ्य पुर्णरुपमा निशुल्क गर्दै,उत्कृष्ट विधार्थिलाइ विराेजगार भत्ता कि राेजगारकाे ब्यबस्था गर्न ।
२१.बनियानी क्याम्पस, विरेन्द्र क्याम्पस र जागृति क्याम्पसमा प्राविधिक बिषय समावेश गर्दै ।सुविधा सम्पन्न बनाउन ।
२२.नागरिकले तिरकाे करबाट नागरिककाे निम्ति नागरिक काेष स्थापना गरि, उधाेग, कलकारखाना,र उत्पादनमूलक क्षेत्रमा लगानी गरि नागरिकलाई नै संचालन गर्ने ब्यबस्था मिलाउन ।
२३.जुनसुकै देशमा राेजगारमा जादा,जाने खर्च सबै राज्यले जिम्मेवारी लिदै,केही प्रतिशत राज्ले सेवासुबिधाबाट कट्टा गरि,बैदेशिक नागरिक काेष खडा गरि साे लगानी बाट कलकारखाना,उधाेगधन्दामा लगानी गरि लामो समय काम गरेर फर्किनेकाे हकमा पेन्सनकाे ब्यबस्था,अंगभंग र ज्यान गुमाएका परिवारको हकमा राेजराेटीकाे ब्यबस्थापन गर्न ।
२४ .राेजगार,ब्यपार,वा कुनै आम्दानीको स्राेत,नभएको हरेक ब्यत्तिकाे दैनिकी चल्ने स्राेत पहिचान गरि कानुनको दायरामा ल्याइने छ स्राेत नखुलेको सम्पत्ति जफत गर्न ।
२५. २५. राज्यलाई कर नतिर्ने, बैंक मार्फत लगानी गरेर बैंक डुबाउने,सम्पत्तिको स्राेत नखुलाउने,राज्यकोषबाट अनावश्यक सेवासुबिधा लिने,समयमा काम सम्पन्न नगर्ने निमार्ण ब्यबसायी र मेलेमहताेमा राज्य दाेहन गर्ने नेता,कर्माचारी सबैलाई नागरिक स्तरबाटै कार्वाही काे ब्यबस्था गर्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















