हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

डिर्भोस हुने भएपछि जेरीका भाइ आए मिडियामा, खोले यस्ता रहस्य

काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।

Advertisement

लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता र शंकरले सम्बन्ध बिच्छेदका लागि काठमाडौँ जिल्ला अदालत धाइरहेको दृश्य समेत बाहिरिएको छ । कुनै समय सँगै मर्ने सँगै बाँच्ने भनेर एक भएको यो दृश्यले उनीहरुका फ्यानको मन चुँडिन सक्छ । हेर्नुस –

Advertisement

डिभोर्स हुनु अघि जेरीले श्रीमान्‌सँगै मनाइन् जन्मदिन, शंकरकै योजनामा गरिएको थियो जन्मदिन समारोह आयोजना – काठमाडौं -अहिले पछिल्लो समय चर्चामा रहेको जोडी हो बबिता बानिया ‘जेरी’ र उनका श्रीमान शंकर क्षेत्री । यो जोडी डिर्भोस गर्ने भएसँगै उनीहरु चर्चामा छन् । तर डिर्भोस हुने लाग्दा यो जोडीले आइतबार साझ एक साथ जेरीको जन्म दिन मनायो ।

काठमाडौं जिल्ला अदालतमा श्रीमतीविरुद्ध डिभोर्सको मुद्दा दायर गरेका शंकर सहृदयीरूपमा जेरीको जन्मदिनको कार्यक्रममा सरिक भए । अलग हुन थाले पनि शंकरकै योजनामा जुनकिरी रोधी क्लबमा जन्मदिन समारोह आयोजना गरिएको थियो । जेरीले जन्मदिनको पहिलो केक शंकरलाई नै खुवाइन् । अनि, शंकरले पनि जेरीलाई खुवाए । तर, सम्बन्धविच्छेदको प्रसंगका कारण जन्मदिनको समारोह एकाउक माहोल भाबुक बनेको थियो ।

उपस्थित कलाकारहरूको आँखामा आँशु रसाएपछि महोल फरक बनेको थियो । जेरी र शंकरले एकअर्काप्रति सहानुभूति र सौहार्दता प्रस्तुत गर्दै सञ्चारमाध्यमसँग कुराकानी गरे ।

अहिलेसम्म सम्बन्धविच्छेद नभइसकेको बताए पनि यो अब टर्न नसक्ने डिर्भेस र्भपछि दुई मध्य एक जना बिदेश जाने सम्भबत जेरी विदेश जाने सम्भाबना बढी रहेको जेरीले बताइन् ।

जेरीले आपसी समझदारीमा नै सम्बन्धलाई पूर्णविराम दिन लागिएकाले शंकरमाथि कुनै पनि नकारात्मक टिप्पणी नगर्ने दर्शकहरूलाई आग्रह गरेकी छन् । अदालत बिदा भएकाले अब तिहारपछि मात्रै उनीहरूको सम्बन्धविच्छेद टुंगिने भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)