हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज यि प्रदेशमा हल्का वर्षाको सम्भावना

हल्दिबारी, ९ कात्तिक । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार-काठमाडौं- फूलैफूलको पर्वका रूपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ। तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो।

Advertisement

“यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ। त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ।

फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ। सबैभन्दा बढी सयपत्री मालाको माग छ। यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ। त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ। बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ।

नेपालबाट मखमली माला निर्यात भएको छ। तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो। “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ। भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन्। एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो।

यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य ५५ रहेको छ। त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ। यद्यपि खुद्रा मूल्य भने फरक छ। पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन्। फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ। “उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ। यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ। मखमलीको मालामा भने पाँच जति बढेको छ।” अध्यक्ष तामाङले भन्नुभयो।

तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन्। “हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ। यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ। त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन्।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ। अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)