हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

म जेरीलाई डिर्भोस दिन्न : शंकर

काठमाडौं । लाइभ लोक दोहोरी गायिका बबिता बानिया ‘जेरी’लाई पति तथा गायक शंकर क्षेत्रीले डिर्भोस दिन खोजीरहेका बेला जेरी शंकरको सम्पर्कमा छैनन् । आँफुले डिर्भोस दिन चाहेकी पत्नि सम्पर्कमा नआएपछि शंकरले जेरीलाई माइतीमा धेरै बसेको, आफुलाई नटेरेको लगायतका आरोपहरु लगाउँदै अन्तरवार्ता दिन भ्याए ।

Advertisement

विभिन्न युट्युब च्यानलहरुलाई अन्तरवार्ता दिँदै हिँडेका शंकरले पछिल्लो अन्तरवार्तामा भने आँफु जेरीसँग मिलेर बस्न चाहेको बताएका छन् । शंकरले जेरीलाई सम्पर्कमा आउन आग्रह गर्दै भनेका छन् उनी पनि कसैको छोरी कसैको पत्नि र आमा हुन् । उनको दुख देख्दा मलाई माया लागेर डिर्भोस नगर्ने आफ्नो सोच पछिल्ला दिनमा बढेको प्रतिक्रिया दिउका छन् ।

Advertisement

यसअघि शंकरले दिएका अन्तरवार्तामा उनले नै छोडपत्रको निर्णयमा पुग्न लागेको स्विकार्दै आएका थिए । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै कानूनी रुपमा अलग हुने शंकर स्वयमले विभिन्न युट्युब अन्तरवार्तामा दिएको केही समयमा नै जेरी शहंकरको सम्पर्क भन्दा बाहिर गएका खबरहरु पनि आए ।

विबाहको ३ वर्षपछि डिर्भोसको संघारमा रहेका उनीहरुकी एउटी २ वर्षकी छोरी पनि छिन् । खासमा डिर्भोस चाहाने गायिका जेरी भन्दा पनि पति शंकर हुन् । जेरी छोरीकै निम्ति भए पनि यो सम्बन्धलाई टिकाउने अनेकन प्रयासमा थिइन् ।

अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहने संभावनाका बिच यो जोडी डिर्भोसका लागि यो जोडी कार्यालय खुल्ने दिनको प्रतिक्षामा रहेको भएता पनि डिर्भोस चाहेका शंकरले नै अहिले आफ्नो पुरानो अडान फेरेपछि जेरीलाई भने राहात मिलेको छ । यस विषयमा जेरीले आफ्नो प्रतिक्रिया भने दिएकी छैनन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)