साफ यू-१५ च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ। बिहीबार बंगलादेशमा भएको खेलमा नेपालले भुटानमाथि ७-० गोलको जित निकालेको हो। खेलमा नेपालकी वर्षा ओलीले बिहीबार खेल सुरू भएको २५ सेकेण्डमै गोल गरेकी थिइन्। बंगलादेशमा भइरहेको प्रतियोगितामा वर्षाले भुटानविरुद्ध २५ सेकेण्डमै गोल गरेकी हुन्। उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन्।

त्यसपछि नेपालले लगातार गोल गरेको थियो। प्रतियोगितामा नेपालसहित भुटान र बंगलादेश गरी तीन टिमको मात्र सहभागीता छ। यसअघि भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले ८-० गोलको जित निकालेको थियो। प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ। त्यसपछि ९ नोभेम्बरमा फेरि भुटान र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। तीन टिमले एकआपसमा दुई पटक भिडेपछि सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार