समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा बाटोमा हिड्दै गरेका गोपाललाई मोटरसाइकलले दियो ठक्कर ,अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

१६ मंसिर । झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका(९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका(१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका(४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)