हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

धन कमाउन रोमानिया गएका झापाका विकाशलाई साथीले निर्घात रुपमा कुटेपछि पुगे कोमामा, घटना सुनेपछि परिवार मुर्छित

झापा – रोमानियामा एक नेपाली युवा कोमा मा उपचाररत छन्। वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका झापा भद्रपुरका विकाश तिम्सिना टिमिसोराआ हस्पिटलमा १८ दिनदेखि अचेत अवस्था उपचाररत रहेका छन् ।

Advertisement

कार्तिक ३० गते करिब राति १० बजेको समयमा विकाशलाई ६ देखि ७ जना नेपाली युवाहरूले बाटामा छेकेर निर्घात रूपमा कुटपिट गरेपछि गम्भीर घाइते बनेका थिए ।

Advertisement

चार दिनअघि मात्र विकाशसँगै त्यहाँ बस्दै आएका साथीले फोन गरेर यो घना सुनाउको विकासका बुवाले बताए । घटना सुन्ने बित्तिकै परिवार मुछिृत बनेको बताइएको छ । विकाशलाई नेपाली युवाहरू नै किन र के कारणले कुटपिट गरेको भनी उनको साथीले पनि घटना खुलाएर भन्न नसकेको बुवाले बताए ।

घरको जेठो छोरा विकास पढाइ पूरा गरी ६ महिनाअघि मात्र रोमानिया गएको थियो। अहिले छोराको स्वास्थ्य अवस्था कस्तो छ, कुन हालतमा छ। त्यहाँ गएर बुझ्ने हामीसँग सामर्थ्य पनि छैन उनले भने ।नेपाली करिब ७ लाख रूपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)