हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

७० करोडको अवैध लागुऔषध बरामद,पाँच जना पक्राउ

आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ ।यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, “सूचनाको आधारमा अनुसन्दान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खान तलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको हो ।

Advertisement

“हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं। एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ,” प्रहरी अधिकारीले उल्लेख गरेका छन् ।बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए ।

Advertisement

यसअघि, तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र असमको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको तस्करी बरामद गरिएको लाग औषध पक्राउ गरिएको थियो। सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् । खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइन लगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)