हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रधानाध्यापकको जन्मदिनमा बाल क्लबलाईसहयोग

मंसिर झापा । जन्मदिनको अवसरमा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले बाल क्लबलाई सहयोग गरेका छन् ।
बिर्तामोड २ चारपाने स्थित मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले स्थानीय सरकार बाट प्राप्त भएको मासिक भत्ता बापतको रकम बिद्यालयमा रहेको बाल क्लबलाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिन मनाएको फोकल पर्सन ममता राजबंशीले जानकारी दिइन् ।

Advertisement

Advertisement

वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले कार्यक्रम बारे प्रष्ट पारेका थिए । वडाध्यक्ष पौडेलले बालबालिकाका लागि गरिने लगानी सयौं पुस्तालाई हुने र यो देशको भबिस्य निर्माणमा महत्त्वपूर्ण योगदान हुने भएकाले बालबालिकामा लगानी गर्न आग्रह गरे उनले सो क्लबलाई संचालनका लागि ५ हजार सहयोग गरेका गर्दै आगामी बर्ष बाट बार्षिक १० हजार वडा बाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै क्लबका पदाधिकारी,फोकल पर्सन र संरक्षकलाई ब्याज समेत बितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य ओम नाथ गौतम एकता स्पोर्टिङ क्लबका सचिब लक्ष्मी प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । बाल क्लब अध्यक्ष पुनम अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन राजबंशीले गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)