हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु

काठमाडौं, १३ पुस:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनुपरेपछि डा.शेखर कोइराल–गगन थापा समूहले छलफल सुरु गरेको छ ।

Advertisement

बुधबार काठमाडौंको बालुवाटारमा भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । आजको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए।

Advertisement

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको छ। बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो।

कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ। त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि बस्ने तय भएको छ। सत्ताको केन्द्रमा हुँदाहुँदै पनि सुझबुझ पुर्याउन नसक्दा संघसहित सबै प्रदेशमा सरकार गुम्ने भएपछि पार्टी सभापति देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)