हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पत्रकारले लाइसेन्स लिनुपर्ने बुँदा हटाएर मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।

Advertisement

यद्यपि, विधेयकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेसम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ ।विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा थपेको थियो ।

Advertisement

तर, बिहीबारको बैठकमा राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले उक्त बुँदा हटाएर विधेयक संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।संशोधन प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पनि समर्थन जनाएका थिए ।बाँस्कोटाको समर्थनपछि विधेयकबाट पत्रकारले लाइसेन्सको परीक्षा दिनुपर्ने बुँदा हटाउने संशोधन प्रस्ताव पारित भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)