समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण दुई प्रहरी घाइते

सिन्धुपाल्चोक । शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ ।अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् ।

Advertisement

 मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।

Advertisement

प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले  जानकारी दिए । एसपी महर्जन पनि  घटनास्थलमा खटिएका छन् ।

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article