हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौँ, ४ माघ – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो ।

Advertisement

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले निष्कासन गर्ने शेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सकिने जनाइएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)