हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उपसभामुखमा झापाकी इन्दिरा निर्वाचित

इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो।

Advertisement

उनले  १६६ मत प्राप्त गरेकी हुन्। उनी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुन् । २६४ जना सांसद उपस्थित थिए। जसमध्ये ९७ जना सांसदले उनको विपक्षमा मत दिएका थिए।  एक सांसदले भने मत दिएनन्।

Advertisement

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन्। यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)