समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सृजनशील आमा समुह हल्दिवारीको अध्यक्षमा होमादेवी खरेल  निर्वाचित 

हल्दिवारी  । सृजनशील आमा समुह हल्दिवारी ४ को अध्यक्षमा होमादेवी खरेल सर्वसम्मत चयन हुनुभएको छ ।


आमा समुहको तेस्रो साधारण सभा तथा पहिलो अधिबेशन  संविधान सभा सदस्य पुर्ण प्रसाद राजवंशीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियोे ।

आमा समुहको तेस्रो साधारण सभा तथा अधिबेशनबाट सर्वसम्मत कार्यसमितिमा निम्न लिखित आमाहरु निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा होमादेवी खरेल ,उपाध्यक्षमा ईन्दिरा शिवाकोटी ,सचीवमा भगवती प्रसाई , सहसचिवमा राधा दाहाल , कोषाध्यक्षमा सन्जु चुडाल र सह- कोषाध्यक्षमा बिस्णुकुमारी घिमिरे सर्वसम्मत चयन हुनु भएको छ ।


त्यसैगरी सदस्यहरुमा रेखा सिटौला ,कमला सन्जेल ,चन्द्रा खरेल ,तारादेवी ओली र रेसिका ओली रहनु भएको छ । त्यस्तै समुहको सल्लाहकार सदस्यमा सावित्री पराजुली ,राधिका उप्रेती र दिलमाया बेडारी रहनु भएको छ ।

साधारणसभालाई प्रमुख अतिथि संविधान सभा सदस्य पुर्ण प्रसाद राजवन्सी ,  हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , वडा नम्बर  ४ का वडा अध्यक्ष सन्त कुमार थापा  , रेडक्रस कर्मी   बालकृष्ण बेडारी लगायतले  शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

संस्थाकी अध्यक्ष होमादेवि खरेलको सभापतित्वमामा भएको साधारणसभामा संस्थाकी उपाध्यक्ष ईन्दिरा शिवाकोटीले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव भगवती प्रसाईले गर्नु भएको थियोे ।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)