हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अधिकृत प्रेमबहादुरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

काठमाडौं – मोटरसाइकल दुर्घटनामा परी प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए।

Advertisement

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठ उपचारकै क्रममा अपरान्ह बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)