काठमाण्डौ – झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि बन्द भएका सबै वेबसाइट खुलेका छन् । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आए पछि ह्याकरहरुले आक्रमण गरेको शंका गरिएको हो ।
प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भएको केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बताए ।
अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अब भने उडान पनि सुचारु भइसकेका छन् । उडान बन्द हुँदा यात्रुहरुलाई मर्का परेको थियो ।