हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एनएफपिजे नेपालद्धारा ट्राभल फोटोग्राफी सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले बेला बेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आई रहेको छ । यसै शिलशिलामा काठमाडौमा एनएफपिजे नेपालले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसंग ट्राभल फोटोग्राफी सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रोनियार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए। उनले विभिन्न शहर र चार्डपर्वहरुका समयमा खिचेका करिव २०० वटा फोटोको बारेमा बताएका थिए।

Advertisement

त्यस्तै,एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमुलक भएको संस्थाका सदस्यहरुले बताएका छन । उनीहरुले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरुलाई फाइदा पुगेको समेत बताए ।

२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् ।

कार्यक्रमको संयोजन केन्द्रिय सदस्य सुनिल शर्माले गर्नु भएको थियो भने कार्यक्रम पश्च्यात स्वागत तथा सम्मान उपाध्यक्ष शुशिल श्रेष्ठले गर्नु भएको थियो त्यसैगरि मायाँको चिनो सागर श्रेष्ठले हस्तानतरण गर्नु भएको थियो । नेपाल एयरहोस्टेज एकेडेमीले हल उपलब्ध गराएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)