हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कृष्णले शरीरमा आगो लगाएपछि बचाउन जाँदा घाइते भएकी संगीताको निधन

पोखरा । पोखरामा आगोमा जलेकालाई बचाउँदा घाइते भएकी महिलाको निधन भएको छ । पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा घाइते भएकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निधन भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आ त्मदा हको प्रयास गरेपछि तत्कालै बचाउन गएकी सापकोटालाई पनि तत्कालै उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको हो । उनीहरु दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल लगेका थिए । उपचाररत कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)