हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले घुस मागेको अडियो बाहिरिएपछि निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख (महाप्रबन्धक) प्रेमनाथ ठाकुर घु प्रकरणमा मुछिएपछि सरकारले निलम्बन गरेको छ । ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो बाहिरिएसँगै उनी विबादमा तानिउका थिए ।

Advertisement

दुई वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत ठाकुरले गैरकानूनी रुपमा लाभ लिन खोजेको अडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि पदबाट निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सरकारले डाकुरलाई निलम्बर गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकलाई पत्र नै लेखेको छ ।

Advertisement

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गैर कानूनी रुपमा लाभ लिने उदेश्यले गरेको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।

मन्त्रालयले सो विषयउपर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवेदनसमेत गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । पढ्नुहोस् विज्ञप्ति

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)