हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्षस्थान

काठमाडौं, ४ फागुन ।आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।यसअघि शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी पहिलो स्थानमा उक्लन सफल भएको हो ।

Advertisement

सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे भने आर्सनलका बुकायो साकाले एक गोल फर्काएका थिए ।इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले १–० को अग्रता दिएका थिए, ४२औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

Advertisement

७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाउन पुगे । ८२औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे ।यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ भने एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंकमा सिमित छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)