समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बन बिकास तथा योजना तर्जुमा गोष्ठी हल्दिवारीमा सम्पन्न

 प्रदेश बन बिकास तथा व्यवस्थापन कार्यक्रम सवडिभिजन जलथल स्तरीय योजना तर्जुमा गोष्ठी हल्दिबारी गाउँपालिका ४ स्थित पाथीभरा कालिका सामुदायिक बनको सभा हलमा सम्पन्न भएको छ। डिभिजन बन कार्यलय झापा का प्रमुख बिष्णुलाल घिमिरे को प्रमुख आतिथ्या तथा वडा अध्यक्ष होम प्रसाद चुडालको विशेष आतिथ्यामा उक्त योजना तर्जुमा गोष्ठी भएको हो।

Advertisement

Advertisement

जलथल बन क्षेत्र का सामुदायिक बनका प्रतिनिधिहरु उपस्थिति रहेको उक्त गोष्ठी मा प्रमुख अतिथी बिष्णुलाल घिमिरे ,वडा अध्यक्ष होम प्र चुडाल ,सामुदायिक बन उपभोक्ता महासंघ झापाका पुर्व अध्यक्ष छत्र पौडेल , फरेस्ट एक्सन नेपालका डाक्टर लिलानाथ शर्मा , डिभिजन बन कार्यलयका रेन्जर दिपक सेन भण्डारी लगायत ले मन्तव्य राख्नु भएको थियो।

एसिया कै जैविक बिबिधता भएको जलथल जङ्गल लाई कसरी सरक्षण गर्ने सकिन्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया कार्यक्रम मा छलफल भएको थियो।जैविक बिबिधताले धनी ६३०० हेक्टर मा फैलिएको यस बन लाई संरक्षण गरि पथ पर्यटनको गन्तब्य स्थान बनाउनु पर्नेमा व्यक्ता हरु ले जोड दिएका थिए।

तेस्तै चोरिनिकासी रोक्न स्थानीय तह देखि नै सचेतनाका कार्यक्रम हरु लाई अगाडि बढनु पर्ने मा सबैको एकमत रहेको थियो।

जलथल सवडिभिजन कार्यलयका सहायक अधिकृत जीवन पाठक को अध्यक्षता मा भएको गोष्ठीको सहजीकरण रेन्जर कृष्ण शिबाकोटी ले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article