हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

म्यानचेस्टरको लेस्टर सिटी माथी सानदार जीत

काठमाडौं, ८ फागुन । म्यानचेस्टर युनाइटेडले लेस्टर सिटी माथी सानदार जीत निकालेको छ । इंग्लिस प्रिमियर लिगमा युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेर सानदार जीत निकालेको हो ।

Advertisement

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियाे । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई खेललाइृ २–० को अग्रता दिलाए ।

Advertisement

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे ।  ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा  छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)