नेपालमा रहेका ७५३ वटा स्थानीय तह मध्ये, अाफ्नाे छुट्टै पहिचान बनाउन सफल हल्दिवारी गा.पा. मा रहेकाे श्री दिपेन्द्र प्रा. बिद्यालयमा लाेपउन्मुख मेचे भाषा अध्यापन हुँदै अाएकाे छ ।
उक्त भाषालाई संरक्षण गर्न भारतका पुर्व लाेकसभा बिधायक सन्सुमा खुन्गुर बासुमतारी (Sansuma khunggur Bwiswmuthiary) र Mimasaka university, Jhapan का प्राेफेसर एवं Vice president Mr. Kazuyuki Kiryu काे जाेडीले बिद्यालयमा अध्यापन भईरहेकाे मेचे भाषाकाे बारेमा बिबिध जानकारी लिएकाे छ ।
उक्त छलफलमा गा.पा उपाध्यक्ष डम्बर गिरी, बिब्यस अध्यक्ष महेशलाल मेचे, पुर्व गा.बि.स. उपाध्यक्ष सन्तलाल मेचे पुर्व बिब्यस अध्यक्ष सुक्रचन मेचे, मेचे समुदायका अग्रज ब्याक्ती ,प्र.अ, शिक्षक काे उपस्थिति रहेकाे थियाे ।
छलफलका क्रममा द्वय सन्सुमा र क्रियु काजुयुकी मेचे भाषा संरक्षण र सम्बर्द्धनमा गा पा.ले पुर्याएकाे सहयाेगकाे खुलेर प्रशंसा गर्नु भएकाे थियाे ।
अाफुहरु पनी स्थानीय सरकारसंग हातेमालाे गर्दै भगिनी सम्बन्ध स्थापना गर्दै दिपेन्द्र प्रा बि काे अावश्यकता पहिचान गरि सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भयाे । यसै क्रममा भारतीय राजदुतावासकाे सहयाेगमा अावास सहितको बिद्यालय भवनकाे पहलकाे पुर्व सन्ध्यामा नेपाल अाएकाे जानकारी गराउनु भएकाे थियाे ।