हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लिम्बुवान प्रदेशको माग गर्दै फागुन २८ गते काेसी प्रदेशमा आमहड्तालको घोषणा

लिम्बुवान प्रदेशको माग गर्दै आएका पुर्वका क्षेत्रीय पार्टीहरुले एकता घोषणा गरेका छन् । आज बिर्तामोडमा घोषणा सभामा के.पी. पालुङवा अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद) संजुहाङ पालुङवा ,अध्यक्ष संघीय लिम्बूवान पार्टी, नेपाल (केन्द्रिय समिति) ,त्रिनारायण राजवंशी संयोजक, कोचिला संघर्ष समिति (केन्द्रिय समिति) ,रघुनाथ खम्बू अध्यक्ष, सघीय खम्बूवान लोकतान्त्रिक पार्टी (केन्द्रिय समिति) भक्त खेवाङ अध्यक्ष, लिम्बूवान राष्ट्रिय समिति, लोसपा (केन्द्रिय समिति) प्रेमदिप थाम्सुहाङ लिम्बू लाजेसा संयोजक, किराँत लिम्बूवान प्रदेश नामाङकन अभियानका नेताले सम्बोधन गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

Advertisement

उनिहरुले २०६४ चैत्र ६ गते ५ बुँदे सम्झौताको कार्यनयन गर्न समेत माग गरेको छन् । लिम्बुवान पक्षमा रहेका दलहरु टुक्राटुक्रा हुँदा पहिचान बादीहरु अल्पमतमा परेका कारण एकीकरणको अभियानमा लागेको बताएका छन् । पार्टी एकता काम कार्य सम्पादक समितिले टुंगो लगाउने र त्यसको नेतृत्व केपि पालुङ्वाले गर्ने सहमति भएको नेताहरुले बताए ।

Advertisement

साथै उनिहरुले फागुन २८ गते काेसी प्रदेशमा आमहड्तालको घोषणा गरेका छन् । प्रदेशकाे नामका विषयमा असहमति जनाउँदै लिम्बूवानजन्य संगठनले काेसी प्रदेशमा एकदिने आमहड्ताल घाेषणा गरेका हुन् । सड्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले काेसी प्रदेशको नामका विषयमा सहमति जनाउन नसकिने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)