हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीका निजि स्वास्थ संस्थालाई कानुनी दायरामा आउन सूचना

हल्दिवारी गाउँपालिकाले निजि स्वास्थ संस्थाहरुलाई १ महिना भित्रमा कानुनि दायरामा आउन सार्वजनिक सूचना जारी गरेको छ।

Advertisement

Advertisement

 

गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेका अनुसार निजि क्लिनिक ,ल्याव ,औषधि पसल ,स्वास्थ संस्था तथा फमहरुले एक महिना भित्रमा कानुनी मान्यताका साथ गाउँपालिकामा दर्ता गर्नु पर्ने छ ।गाउँपालिकाको सूचनालाई बेवास्ता गरि संचालन गरेमा कानुनी कार्वाही गर्न लागिएको समेत न्यौपानेले बताउनु भयो ।

हल्दिवारी गाउँपालिका क्षेत्रमा कानुनी मान्यता बिपरित स्वास्थ सग संबंधित व्यवसाय संचालनमा आएको जन गुनासो आएपछि संबेदनसिल भएको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भयो ।

शाखा प्रमुख निरौलाका अनुसार नेपाल सरकारले तोकेको मापदण्ड बिपरित खोलिएका स्वास्थ संस्थालाई कानुनी दायरामा ल्याउन लागिएको समेत जानकारी दिनुभयो ।

हल्दिवारी गाउँपालिकामा लागू पदार्थ सेवन कर्ता धेरै भएको र यिनै मापदण्ड बिपरित खोलिएका संस्थाबाट उनीहरुलाई लागू पदार्थ बेचबिखन गरेको भन्ने जनगुनासो तथा सञ्चार माध्यम बाट प्रकाशित भएपछि गाउँपालिका कडा रूपमा प्रस्तुत भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)