हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

उज्यालो जलथल, सिसि क्यामराले निगरानी हुदै :अध्यक्ष चुडाल

हल्दिवारी गाउँपालिका ४ नम्बर वडाका बजार चोकलाई सौर्य बत्तीले झलमल पारिएको वडा अध्यक्ष होम प्रसाद चुडालले बताएका छ्न ।

Advertisement

Advertisement

अध्यक्ष चुडालका अनुसार वडामा ३५ वटा सोलार बत्ति करिब ३० लाखको लागतमा जोडिएको छ। उज्यालो हल्दिवारी कार्यक्रमलाई मध्य नजर गर्दै ४ नम्बर वडाका बडाबारी बजार ,मंगल्बारे ,लक्ष्मी चोक ,अधिकारी चोक ,शान्ती चोक ऎनावारि ,चुडाल चोक ,केदार चोक ,वालुवा चोक ,चौकी विरान ,काजली तथा पर्यटकीय क्षेत्र पाथीभरा धार्मिक क्षेत्र लगायतको ठाउ उज्यालो भएको वडा अध्यक्ष चुडालको जिकिर छ ।

हल्दिवारी ४,५ र ३ ले सोलार बत्तीलाई जोड दिदै जडान गरेका छ्न भने १ नम्बर वडाले पनि बिधुतिय सडक बत्ति बाल्न सुरु गरेको बताईएको छ । वडा नम्बर ४ ले छिटै शान्ति सुरक्षालाई मध्य नजर गर्दै बजार चोकमा सिसि क्यामरा समेत जडान गर्न लागिएको वडा अध्यक्ष चुडालले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)