हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेस्सी र एमबाप्पेको जादु नचल्दा घरेलु मैदान मै पिएसजीकाे चौथो हार

काठमाडौं, ६ चैत । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो ।

Advertisement

पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गरेको गोल नै काफी हुन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा एकम्वीले गोल गरेपछि पिएसजी खेलमा सुरुमा नै पछि पर्यो भने पहिलो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा  मुइनगाले थप गोल गरे, जुन गोल नै पिएसजीलाई समग्र खेलको चौथो हारका लागि काफी भयो । अग्रपङ्तिमा लियोनेल मेस्सी र केलियन एमबाप्पे रहे पनि गोल गर्न नसक्दा पिएसजीको केही लागेन ।

Advertisement

यस हारका बावजुत पिएसजी २८ खेलबाट ६६ अंक जोडेर शीर्षस्थानमा यथावत नै छ भने पिएसजीलाई चौथो हार दिएको रेनेस ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)