हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रंगशाला बनेको भए रुखमा बसेर खेल हेर्नु पर्ने थिएन् : सिताराम कट्टेल (धुर्मुस)

काठमाडौं – सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले यस्तो बताएका हुन् ।

Advertisement

उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको र यदि यो रंगशाला बनेको भए आज कसैले पनि रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था नआउने बताएका हुन् । आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक ठानेर मैले उनले बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो ? उनले भनेका छन् ।

Advertisement

मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ। त्यस्तै उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पारेर नछाडेको र बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको बताएका छन् । पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ। उनले रंगशाला बनाउदा १८ करोड ऋण लागेको देखाएपछि छ पछि यो विषय थप विवादित बनेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)