हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिहिप नेपाल झापाको चौथो पूर्ण बैठक सम्पन्न

बिर्तामोड, ८ चैत्र। बिश्ब हिन्दु परिषद नेपाल झापा जिल्ला समितिको आयोजनामा चौथो बिस्तारित बैठकको अध्यक्षता गर्दै जिल्ला अध्यक्ष होमनाथ ढुङगेलले बर्तमान अबस्थामा सनातन हिन्दु धर्म ,संस्कृतिको बिरुध्द आयातित बिदेशी धर्म र् संस्कृतिबाट हस्तक्षेपकारी कार्य बढेको भन्नु हूदै सास्कृतिक धरोहर रक्षार्थ संगठित भई अघि बढन सुझाउनु भयो ।

Advertisement

परिषदको जिल्ला कार्यालय बिर्तामोडमा सम्पन्न बैठकमा जिला उपाध्यक्ष देबेन्द्रकिशोर ढुङगानाले हिन्दु राष्ट्र नेपालको निर्माणले हिन्दु धर्म संस्कृति,गौरब र स्वाभिमान रक्षार्थ सम्पूर्ण सनातन हिन्दुहरुलाई संगठित गरेर मात्र हाम्रो धर्म संस्कृति ,राष्ट्र र समाजको निर्माणको परम्परागत रक्षार्थ सजग ,सचेत र जागरुक बनाउन भाबनात्मक राष्ट्र कार्यका लागि सशक्त आन्दोलनमा जुटन आग्रह गर्नु भयो ।

Advertisement

बैठकमा धार्मिक अभियन्ता सत्येन्द्र कुमार कर्ण,योगमाया न्यौपाने ,खिनामाया फूयल,सम्भाग प्रमुख सिता ढुङगेल लगारतले धार्मिक सहिष्णुताको आडमा बिपन्न बर्गलाई प्रलोभनमा पारेर धर्म परिबर्तन गराउनु अक्षम्य,धार्मिक अपराध भएको बताउनु भयो ।

जिल्ला सचिब प्रभाकर कुमार सोनीले संचालन गर्नु भएको सो बैठ्कले परिषदको जिल्ला सदस्यमा झापाका नाट्य बिधाका सर्जक माधब ‘कल्पित’.हरिप्रसाद भण्डारी, मुना प्रसाई ,आकृति खतिबडा, समाजसेबी बिश्ब नाथ चौधरी सुमन शाहलाई सर्ब सम्मत मनोनयन गरिएको छ ।त्यसै गरी बैठकले आगामी चैत्र १६ गते बिर्तामोड स्थित सनातन धर्म सेबा समितिको परिसरमा बिहिप नेपालको स्थापना दिबस अबसरमा धार्मिक अनुष्ठान आयोजना गरी मनाइने निर्णय गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)