हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

आफ्नो करियरमा लिओनल मेसीको ८०० गोल पूरा

काठमाडौं । लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गरेका छन् । उनले ८ सयौं गोल पुरा गर्दा अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ ।कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

Advertisement

अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो ।

Advertisement

उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् ।पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।मेसी करियरमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)