हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काङ्ग्रेस झापाका अभिभावक अम्बिका रिजालको निधन

हल्दिवारी , चैत्र १२, नेपाली काङ्ग्रेसका नेता अम्बिका प्रसाद रिजालको निधन भएको छ । झापा भद्रपुर ८ स्थित निजी घरमा निमोनियाका कारण गएराति ११.३० वजे उहाँको निधन भएको परिवारजनले बताएका छ्न ।

Advertisement

नेपाली काँग्रेशको सुनसरी जिल्ला सभापति , टिम्बर कर्पोरेशन अफ नेपालको महाप्रवन्धक ,झापा नेपाली काङ्ग्रेस जिल्ला समितिमा लामो समय रहेर काङ्ग्रेसलाई जिवन्त राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने उहाँ एकवर्षदेखि स्वास्थ्यका कारण राजनीतिक गतिविधिमा कम देखिनुहुन्थ्यो । मधुमेह रोगी उहाँका ५ छोरा, १ छोरी र पत्नि हुनुहुन्छ ।

Advertisement

तेरथुम जिल्लाको साप्लामा जन्मिनु भएका ८१ बर्षिय रिजाल पंचायत कालमा काँग्रेंश माथि प्रतिवन्ध लागेको वेलापनि युवाहरुलाई संगठित गरी काँग्रेशको वीउँ मासिन नदिने सीमित व्यक्तिहरुमा उहाँ अग्रणी हुनुहुन्थ्यो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)