हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा आँखा शिविर, म्याद गुज्रीएकाे औषधी वितरण

झापा, हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं ४ मा हिजाे भएकाे आँखा शिविरमा म्याद गुज्रीएकाे अाैषाधी वितरण गरेकाे पाइएकाे छ।

Advertisement

वडा कार्यालयको आयोजना, मेची नेत्रालय काकडभिट्टाको प्राविधीक सहयोगमा उत्त आँखा शिविर संचालन भएकाे थियाे । उत्त आँखा शिविरमा हेल्पिङ हेण्डस एजुकेशनले रिडिङ ग्लास र सिर्जनशिल युवाकल्बले स्वयंमसेवकको रूपमा सहयोग गरेको थिए।

Advertisement

शिविरमा ५०१ जनाले आँखा जाँचको सेवा लिएका थिए भने ३७८ जनालाई चस्मा वितरण गरिएको आयाेजकले बताएका छन त्यस्तै मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने २६ जनालाइ मेची नेत्रालय पठाइएकाे छ ।

उत्त आँखा शिविरमा वितरण गरिएकाे अाैषाधी म्याद गुज्रीएकाे पाए पछी वडा कार्यालय मेची नेत्रालय प्रती संवेदनशील हुन भन्दै सामाजिक संजाल कर्ताले ध्याअाकर्षण गराएका छन्

अाज विहान वडा कार्यालयले आफ्नाे सुचनामा प्राविधिक त्रुटी भएकाे भन्दै क्षमायाचना मागेकाे छ । शिविरमा बाडीएकाे sterile  नाम काे अाैषाधी November 2021 मा र अर्काे अाैषाधी April 2022 म्याद समाप्त भएकाे थियाे । उत्त म्याद गज्रीएकाे अाैषधी कति वितरण भयाे भन्ने कुरा यकिन नभए पनि एउटै गाउँका ११ परिवारमा भेटीएकाे हल्दिबारीका स्थानिय युवा पंकज शाहले बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)