हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेन शाहविरुद्ध नयाँबानेश्वरमा प्रदर्शन

काठमाडौं, १३ फागनु । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)विरुद्ध सोमबार प्रदर्शन भएको छ ।

Advertisement

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)