झापा,चैत्र१३ /बिश्ब हिन्दु परिषद नेपाल झापा जिल्ला समितिको आयोजनामा हल्दिबारी गाउ स्तरीय भेला तथा प्रशिक्षण सय्पन्न भयो ।

हिन्दु एकताका लागि धार्मिक जागरण नारा सहित सम्पन्न उक्त भेलाको उदचाटन गर्नु हुदै परिषद झापाका अध्यक्ष होमनाथ ढुङगेलले हिन्दु समुदाय माथी भई रहेको धार्मिक एवं सांस्कृतिक हस्तक्षेपको बिरुध्द संगठीत भएर अघि बढनुको बिकल्प नरहेको बताउनु भयो ।

परिषद हल्दिबारीका अध्यक्ष सत्येन्द्र कुमार कर्णको अध्यक्षतामा भएको भेलामा परिषद जिल्ला उपाध्यक्ष,देबेन्द्र किशोर ढुङगानाले हिन्दु धर्म र संस्कृतिको रक्षार्थ सांस्कृतिक आन्दोलन मार्फत राज्यलाई खबरदारी गर्न आग्रह गर्नु भयो । भेलामा सम्भाग प्रमुख सिता ढुङगेल, जिल्ला सदस्य अनुप राय ,तारा राजबंशशी लगायतका बक्ताहरुलै धार्मिअ संगठनको ग्रामिण क्षेत्रमा भूमिका बारे बिचार ब्यक्त गर्नु भएको धियो ।
भेलाले कुमार भण्डारको अधयक्षता २१ सदस्यीय परिषदको संयुक्त बडा समिति गठन गरिएको छ । संमितिको उपाध्यक्ष टिका प्रहाद दाहाल र कोषाध्यक्षमा जशोदा बन चयन भएका छन ।