दयानन्द गोस्वामी
हिजो सम्म तस्विर त रंगीन थियो
तर किन हो स्वयं रंगहीन भएछ,
कुचिले रंग भर्न खोज्दथेँ म आफैँ
तर किन हो रंग त संगहीन भएछ,
ललक त मनमा एउटै थियो मेरो
सदाबहार बनिरहुँ सबैका लागी,
सोच्दै नसोचेको उष्ण बतासले
हरितकणको सारा परत नै गएछ,
जमानाको कसुरहो या मेरो कसुर
भन्छन यति सम्म हुँदा पनि सहेछ???
कति सातिर छ यो दुनियाँ वाला
कोही कसैको लागी यहाँ रहेनछ ,
हिजो सम्म तस्विर त रंगीन थियो
तर किन हो स्वयं रंगहीन भएछ,
कुचिले रंग भर्न खोज्दथेँ म आफैँ
तर किन हो रंग त संगहीन भएछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















