हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेयरको सट्टामा एसईई दिंदै गरेका एक जना परीक्षार्थी पक्राउ

रौतहट । मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाहीमा एसईई दिंदै गरेका गरुडा(६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा कमलले परिक्षा दिइरहेका थिए ।

Advertisement

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

Advertisement

ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् भने नाताले उनी मेयरका ज्वाइ हुन् । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)