हल्दिवारी ,झापा ,२१ चैत । सहारा नेपाल साकोस हल्दिवारी -१ गोलधाप सेवा केन्द्रले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा आज शैक्षिक सामाग्री तथा डस्टविन वितरण गरेको छ ।

हिमालय राईको अध्यक्षता तथा वडा अध्यक्ष देवी बहादुर थापाको प्रमुखको आतिथ्यता सम्पन्न कार्यक्रममा सेवा केन्द्रले गरमकाली आविमा अध्यनरत अति विपन्न ३५ विद्यार्थीलाई कपि ,डटपेन र पेन्सिल बितरण गरेको सेवा केन्द्रले जनाएको छ ।

सोही अवसरमा विद्यालयलाई २ थान डस्टविन तथा रामजानकी मन्दिर तथा सन्तानेस्वर शिवालय मन्दिरलाई समेत १/१ थान डस्टविन बितरण गरेको संस्थाकि सेवा केन्द प्रमुख उषा भट्टराई मैनालीले बताउनु भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष थापा ,कार्यक्रमका अध्यक्ष तथा गरमकाली आवि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय राई , सेवाकेन्द प्रमुख उषा भट्टराई मैनाली तथा सेवा केन्द्र सहयोग समिति संयोजक गितादेवी दाहाल लगायले कार्यक्रमको औचित्य लगायतका बिषयमा मन्तव्य राख्नु भएको थियो ।

२०५२ सालमा ३३ जना सेयर सदस्यबाट शुरु गरिएको सहाराका आजका दिनसम्म १ लाख ६० हजार सेयर सदस्य रहेका छ्न भने ८० सेवा केन्द मार्फत १६ अर्व बराबरको कारोबार गरिएको सहाराले जनाएको छ । आज स्थापना दिवसका दिन सबै सेवाकेन्दहरुमा विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको सहारा नेपाल साकोसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
1

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार